भाद्र ११, २०८३ बिहिबार August 27, 2026

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् ।

काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई शुक्रबार नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उनीहरु प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् । उनीहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।

काँग्रेसको १३औं महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका दोहोर्‍याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उनीहरुले उल्लेख गरेका छन् ।

“पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ”, भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ”, पत्रमा उल्लेख छ ।

पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उनीहरुले महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वानसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार