जेठ २२, २०८३ शुक्रबार June 5, 2026

टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस कोभिड १९ को महामारीका कारण एक वर्ष पछाडी सरेको टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रबार सन् २०२१ मा आयोजना हुने खेलको तालिका सार्वजनिक भएको हो ।आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । खेल जुलाई टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक२३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ ।

खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुने आयोजकले जनाएको छ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार