असार २१, २०८२ शनिबार July 5, 2025

रास्वपाले तोक्यो सातै प्रदेशमा उपनिर्वाचन कमाण्डर (सूचीसहित)

प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरू तय गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ ।

पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्बन्धमा विभिन्न निर्णयहरू लिएको हो । प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरू तय गर्ने छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।

आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार