असार २३, २०८२ सोमबार July 7, 2025

चाडबाडलक्षित बिदापछि खुले शैक्षिक संस्था

लामो बिदापछि खुलेका कतिपय शैक्षिक संस्थामा भने तत्काल पठनपाठन गर्न सक्ने अवस्था छैन 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चाडपर्वलक्षित एक महिना लामो बिदापछि देशभरका शैक्षिक संस्था शुक्रबारदेखि खुलेका छन् । केही शैक्षिक संस्थाले दसैँ–तिहारबिचमा पठनपाठन सञ्चालन गरे पनि अधिकांश बन्द थिए ।

लामो बिदापछि खुलेका कतिपय शैक्षिक संस्थामा भने तत्काल पठनपाठन गर्न सक्ने अवस्था छैन । असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएका विद्यालयमा कसरी पठनपाठन जारी राख्ने भन्ने अन्योल छ । कतिपय विद्यालयमा बाढी पसेको थियो भने कतै पहिरोले पुरेको अवस्था छ ।

बाढीपहिरोका कारण ललितपुरको कोन्ज्योसोमस्थित ज्ञानज्योति आधारभूत विद्यालयको संरचना ध्वस्त बनेको छ । विद्यालय भवन तहसनहस भएपछि पठनपाठन रोकिने अवस्था छ । अस्थायी टहरा (अस्थायी सिकाइ केन्द्र) निर्माण गरेर पठनपाठन गर्ने गरी गाउँपालिकाले तयारी गरिरहेको छ ।

काभ्रेको कालिकादेवी माविमा पनि बाढी पसेपछि विद्यालय संरचना ध्वस्त भयो । यो विद्यालयमा पनि अस्थायी संरचनाबाट पठनपाठन गरिँदै छ भने काभ्रेकै नवज्योति सिमभञ्ज्याङ आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवासीय विद्यालय, भालेश्वर मावि र कौशिक वैदिक गुरुकुल विद्यालयले पनि अस्थायी संरचनाबाट पठनपाठन सुरु गर्दै छन् । यी विद्यालयको स्थायी संरचना कहिले बन्ने भन्ने टुंगो भने लागेको छैन ।

शिक्षा मन्त्रालयले ४ कात्तिकसम्म बाढीपहिरो प्रभावित स्थानीय तहलाई विद्यालय भवनमा पुगेको क्षति मर्मत वा पुनर्निर्माणमा लाग्ने लागतसहित विवरण पठाउन निर्देशन दिएको थियो । विद्यालयहरूले विवरण पठाए पनि स्टिमेट र पुनर्निर्माण योजना अझै सुरु भएको छैन । कम क्षति भएका कतिपय विद्यालयको पुनर्निर्माण भने स्थानीय तहले नै गर्दै छन् । शिक्षा मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार लागत माग भएअनुसार स्टिमेट तयार गरिएको छ ।

कतिपय ठाउँमा केन्द्र सरकारको आवश्यकता नपर्ने भएपछि स्थानीय तहहरूले नै विद्यालय बनाउने तयारी गरेका छन् । धेरैले बजेट र योजना माग गरेका छन् । मन्त्रालयले क्षति पुगेका विद्यालयको वर्गीकरण गर्न सकेको छैन । कुन विद्यालय केन्द्र सरकारले बनाउने, कुन प्रदेशले बनाउने, कुन स्थानीय तहले बनाउने र कुन विद्यालयले नै मर्मतसम्भार गर्न सक्छ भन्ने विवरण मन्त्रालले तय गरेको छैन ।

मन्त्रालयका अनुसार बाढीपहिरोका कारण शैक्षिक संरचनामा पाँच अर्बभन्दा बढीको क्षति पुगेको छ । बाढीपहिरोमा परी १८ जना विद्यार्थीले ज्यान गुमाएका थिए भने देशभर दुई सयवटा विद्यालयमा क्षति पुगेको थियो । बाढीपहिरोले पुनर्निर्माण गर्नुपर्ने गरी २४ विद्यालयमा क्षति पुर्‍याएको छ । यी विद्यालयलाई अस्थायी संरचनाबाट भए पनि पठनपाठन सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार