काठमण्डाैंः एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट ५ वर्ष दण्ड सजाय पाएका फरार १ प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् ।
जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले ६ वर्षअघि १ स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट ५ वर्षको जेलसजाय पाएका थिए ।
गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया