असार २२, २०८२ आइतबार July 6, 2025

नक्कली नोटसहित तीनजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नेपाली र भारतीय नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाली १ हजार दरका १ हजार ४ सय ६५ थान, १ सय दरका ७ सय ४६ थान, नक्कली भारतीय नोट ५ सय दरका २ सय ८४ थान, ५० दरका ७ सय ६ थानसहित शनिबार दिउँसो करिब १ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामा बाराको आदर्श कोतवाल गापा वडा नमबर–६ बस्ने वर्ष ३० का नरेन्द्रप्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका वडा नम्बर–५ बस्ने वर्ष २६ का मनोजकुमार साह तेली र भारत बिहार मोतीहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नम्बर–१० बस्ने वर्ष २५ का सुधिरकुमार कुशवाहा रहेको जनाइएको छ ।

उनीहरुले लागुऔषध खरिद बिक्री र ओसारपसार कार्य गर्ने सुचनाका आधारमा खोजतलास गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नम्बर–२ स्थित बरियारपुर चोकमा नियन्त्रणमा लिइएको थियो । उनीहरुको शरीर तथा उनीहरुले बोकेको झोला खानतलासी गर्ने क्रममा नक्कली नोट फेला परेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार