भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

राम जन्मभूमि विवादः ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् ।

ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका बताए ।

‘बिहानसम्म सीमास्तम्भ थियो, पुजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यही नजिकै फालिएको रहेछ’, खनालले राजधानीसँग भने, ‘यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्न गरेको प्रपञ्च हो ।’ यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया