श्रावण ६, २०८२ मंगलबार July 22, 2025

श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाँय भोगीरहेका पूर्वडिआइजी कोइराला श्रावण ८ गते रिहा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आफ्नै श्रीमती हत्याको अभियोगमा जन्म कैदको सजाँय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सर्वोच्च अदालतले सजाँय घटाइदिएको छ।

कोइरालाले साँढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरेका थिए । कोइरालाले हत्या गरिएकी श्रीमतीको शव प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा लगेर पेट्रोल छर्की जलाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जन्मकैद सजाँय घटाएको हो ।

हत्या हुनुमा मृतक ढकालकै दोष रहेको बताउँदै सर्वोच्चले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको छ । श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण कोइरालालाई रिस उठेको र आवेगमा धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले सजाँय घटाएको हो ।

श्रीमतीको हत्यापछि कोइराला २०६८ माघ ८ गते जेल परेका थिए । यस्तै, नयाँ फैसला अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया