जेठ २२, २०८३ शुक्रबार June 5, 2026

कालोपत्रे गरेको दुई रात नटिकेपछि भुक्तानी रोक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षासंगै हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।

पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी कन्स्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो । वर्षात्को समयमा हतारोमा झारा टार्नेजस्तो काम भयो, कालिका गाउँपालिका-२ का नागरिक अगुवा झङ्कनाथ न्यौपानेले भने, कालिकास्थान बजारजस्तो ठाउँमा पनि सडक पिच गरेको दुई दिन टिकेन भने अन्यत्र के होला ?

जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ । छ महिना अगाडि नै टेन्डर भए पनि ठेकेदारले समयमा काम नथालेकाले वर्षात्को समयमा काम गर्दा कालोपत्रे उप्केको सडक विभागका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।

कालिकास्थानको गन्तव्य पेट्रोल पम्पनजिकै नाली र ह्युमपाइप नभएकाले पनि समस्या भयो, सडक पिच उप्केको हो, अब सडक विभागले मर्मत गर्छ, श्रेष्ठले बताए । सडक विभागले उत्तरगया कन्स्ट्रक्सनका घनबहादुर गुरुङ र जानुकादेवी कन्स्ट्रक्सनका लेखनाथ अधिकारीलाई सो सडक मर्मतको काम जिम्मा दिएको थियो । लागत ईस्टिमेटअनुसार काम नगरेकाले भुक्तानी रोकेको सडक विभागले जनाएको यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार