श्रावण ३, २०८२ शनिबार July 19, 2025

उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक

त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट सञ्जीव काफ्ले उम्मेदवार बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, बेलका नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।

त्रियुगा नगरपालिका-१२ मा तीन हजार ८०० र बेलका नगरपालिका-९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
२०८२ श्रावण ३, शनिबार
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
२०८२ श्रावण ३, शनिबार
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार