काठमाण्डाैंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने भएका छन् । यातायात सञ्चालन सम्बन्धी परिपक्व कार्यविधि नबनेसम्म गाडी नचलाउने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटाैलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गाडी खोल्न लाग्यो भनेर भ्रामक समाचार बाहिरिएको रहेछ । हामी कार्यविधिको लागि छलफलकै क्रममा छौं । महासघंले गाडी खोल्ने निर्णय गरेको छैन ।
यस्तो छ महासचिव सिटाैलाको स्पष्टोक्तीः
कोरोना सङ्क्रमण बढेसँगै सरकारले गरेको लकडाउनका कारण बन्द भएको सार्वजनिक सवारी साधन भोलिदेखि सञ्चालन गर्ने भन्ने केही सञ्चार माध्याममा आएको समाचारप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीनवटा यातायात मजदूर सङ्घ संगठनसमेतको सहभागीतामा कार्यदल निर्माण गरेर सरोकारवाला निकायसँग पटक-पटक छलफल गरिरहेको व्यहोरा जानकारी गराउँछु । सार्वजनिक सवारी साधन सञ्चालनबारे महासंघले चाडैँ निर्णय लिनेछ ।
सरोज सिटौला
महासचिव एवम् प्रवक्ता
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
बालकुमारी, ललितपुर । श्रावण ४ गते ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया