असार २२, २०८२ आइतबार July 6, 2025

शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारी एवं विज्ञहरुसँग काँग्रेसको छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारी एव‌ं‌ सरोकारवाला निकायका प्रतिनिधीहरुसँग छलफल गरेको छ ।

विश्व महामारी कोभिड १९ कोरोना भाईरसका कारण चार महिनादेखी शैक्षिक स‌ंस्था ठप्प भएपछि काँग्रेसको कोरोना अनुगमन केन्द्रीय समितिले कोरोनाबाट सिर्जित वर्तमान शिक्षा संकटको समाधानबारे सरोकारवालासँग छलफल गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा कोरोना अनुगमन समितिले शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारीहरुसँग “शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहित अबको बाटो” बिषयक छलफल चलाएको हो ।

छलफलपछि विशेष सावधानी अपनाएर शैक्षिक गतिविधीहरु सञ्चालन गर्न सरकारलाई दबाब दिने समितिले निष्कर्ष निकालेको छ । छलफलमा समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाशसरण महतले सरकारले शिक्षा क्षेत्रमा ध्यान पुर्याउन नसकेको बताए ।

शैक्षिक क्षेत्रका सरोकारवालाहरुले बिभिन्न विकल्पका साथ शैक्षिक गतिविधि गर्न आफूहरु तयार रहेको बताइरहदा सरकार भने ठोस पहलकदमी नलिएर आश्वासनमा मात्रै केन्द्रित भएको अनुगमगन समितिको आरोप छ ।

विद्यार्थी र शिक्षकलाई जोखिम नहुनेगरी विभिन्न मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि सरकारले हरतरहको सुरक्षा दिन तयार हुनुपर्ने नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको भनाइ थियो ।

कोरोना भाइरसका जोखिमलाई मध्येनजर गरी देशब्यापी रुपमा सरकारले गरेको लकडाउनका कारण अस्तब्यस्त बनेको शैक्षिक क्षेत्रको समस्या समाधान गर्न अब सरकारले गम्भीर हुनुपर्ने छलफलमा सहभागी शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको जोड थियो ।

यस्तै शिक्षासँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरुले पनि यस विषयमा सरकार गम्भीर हुनपर्ने भनाइ राखेका थिए । निजी विद्यालयबाट अर्बौ राजस्व उठ्ने सरकारले संकटमा आफूहरुलाई वेवास्ता गरेको सरोकारवालाहरुको गुनासो थियो ।

छलफलमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेश राज शर्मा, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति खगेन्द्र भट्टराई, शिक्षाविद विद्यानाथ कोइराला, प्राध्यापक संघका केन्द्रीय अध्यक्ष उद्धव थापा, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पूर्वसचिव जनार्दन नेपालको सहभागिता रहेको थियो ।

यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरु प्रभु बुढाथोकी, हृदयमान प्रधान, प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गाना, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, सिनासका निर्देशक मृगेन्द्र कार्की लगायतले टिभी रेडियोबाट शैक्षिक गतिविधी सुचारु गर्नुपर्नेमा जोड दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार