श्रावण ३, २०८२ शनिबार July 19, 2025

सात बुँदे सम्झौता अनुरूप नै सरकार चल्छ : उपप्रधानमन्त्री सिंह

संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘सात बुँदे सहमतिअनुसार यो सरकार बनेको हो, आवश्यक विषयहरूमा छलफल गर्न दुई दलीय संयन्त्र बनाइएको हो। केही विषयमा समझदारी गर्नु परेमा संयन्त्रले काम गर्छ।’ संयन्त्रले सरकारलाई सफल बनाउन र प्रभावकारी बनाउन सहयोग गर्ने पनि उनले बताए ।

संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।

उनले कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए ।

त्यस्तै अहिले केही पनि भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै उनले ०४६ पछि विराटनगरमै भएको परिवर्तन हेर्न आग्रह गरे । उनले सरकारले नागरिकको चाहना पूरा गर्ने गरी काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि सिंहले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा ढकाल
२०८२ श्रावण ३, शनिबार
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
२०८२ श्रावण ३, शनिबार
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
२०८२ श्रावण ३, शनिबार
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार