श्रावण ३, २०८२ शनिबार July 19, 2025

कांग्रेसको १०० दिने अभियान पुनः सुरु

सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनःसुरु गरेको छ । कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।

असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आइसकेका छन् ।

केन्द्रीय प्रतिनिधिका रुपमा आएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।

जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रुपमा खटाइएको उनले बताए ।

खटाइएका प्रतिनिधिले मङ्सिर १० गते एकैपटक सबै वडा तहमा बैठक राखेर अभियानको सुरुवात गर्ने छन् । यस्तै वडा, क्षेत्रीय समिति, प्रदेश समितिलगायतका संरचनाको बैठक भेलालगायत काम सञ्चालन गरिनेछ । यससँगै अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने उनको भनाइ छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उनले व्यक्त गरे ।

आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने केन्द्रीय सदस्य आचार्यले बताए । जनताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने उनले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार