श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने

नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ मङ्सिरः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले राससलाई जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुनुहुन्छ । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ ।

कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार