काठमाडौं। नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्।
ढकालले सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराउन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आव्हान समेत गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया