श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादी अध्यक्ष प्रचण्डको अभिब्यक्तिप्रति एमालेको आपत्ति (विज्ञप्ती)

प्रचण्डको भनाइले छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ०२ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली प्रति लगाएको लाञ्छनाप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष दाहालले १४ नोभेम्बरमा द हिन्दुसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले चाइना कार्ड प्रयोग गरे भनी गरेको टिप्पणीको भर्त्सना गर्नुभएको हो । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेर’ चीन भ्रमणको निर्णयलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य हो’, विज्ञप्तिमा लेखिएको छ । यस्तो कार्य कूटनीतिक प्रोटोकलको सरासर उल्लङ्घन भएको एमालेले जनाएको छ । उहाँको अभिव्यक्तिले नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको एमालेको ठहर छ । ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन, प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन’, विज्ञप्तिमा लेखिएको छ ।

प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ । एमाले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको स्पष्ट पारेको छ । यस्ता विचारहीन टिप्पणीले दुई छिमेकी राष्ट्रहरूसँग नेपालको बलियो र समान साझेदारीलाई जोखिममा पार्ने खतरा रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने आधारहीन आरोप लगाएको एमालेले जनाएको छ । ‘उहाँको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र राजनीति प्रदर्शन गरेको एमालेको दाबी छ । ‘उहाँको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिको दृष्टिकोणले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढवा दिन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको एमालेले स्पष्ट पारेको छ । यसले बुद्धि, सावधानी र जिम्मेवारीको माग गर्ने बताउँदै एमालेले प्रचण्डको भनाइ निराधार मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको जनाएको छ । नेपालको परराष्ट्र नीति मौलिक रूपमा असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तमा आधारित रहेको एमालेले स्पष्ट पारेको छ ।

नेकपा एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार