जेठ २२, २०८३ शुक्रबार June 5, 2026

आर्सनल एफए कप प्रतियोगिताको फाइनलमा उक्लियोः म्यान्चेस्टर सिटी स्तब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ । सिटीलाई २-० गोलअन्तरले पराजित गर्दै आर्सनल कीर्तिमानी २१ पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्सनलले हालसम्म यो प्रतियोगिता सर्वाधिक १३ पटक जितेको छ ।

खेलमा पिएरे एमरिक आउबामियाङ नायक बने । आर्सनलका लागि दुवै गोल उनले गरे । खेलको १९ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका आउबामियाङले ७१ औँ मिनेटमा अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।

खेलको दोस्रो हाफमा सिटीले खेलमा नियन्त्रण बनाए पनि गोलका लागि थुपै अवसरहरु गुमाउन पुगेको थियो । सिटी घरेलु कप प्रतियोगिताबाट बाहिरिएको सन् २०१८ पछि पहिलो पटक हो ।

यता, आर्सनलले पछिल्ला ६ पटक साबिक विजेता टोलीलाई प्रतियोगितामा हराउँदै आइरहेको छ । अब आर्सनलले फाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग अगस्त १ मा हुने फाइनलमा भिड्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार