जेठ २२, २०८३ शुक्रबार June 5, 2026

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन ।

दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकार पनि सँगै थिए ।

दुई अध्यक्षबीचको सहमतिबाटै समस्या समाधान हुने भएकाले अध्यक्षद्वयबीचको वार्ता र संवादलाई निरन्तरता दिइने निर्णय भएको नेताहरूले बताएका छन् । सोही निर्णयअनुसार दुई अध्यक्षले सोमबार पनि सघन छलफल गरी सहमतिको वातावरण बनाउने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच विगत केही दिनदेखि निरन्तर छलफल हुँदै आइरहेको छ ।

शनिबारको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भएको थियो । सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव ओलीले गरेपछि दाहालले मौन समर्थन गरेका थिए । महाधिवेशनसँगै सबै विवादको समाधान गर्ने सहमति भएको विश्वास गरिए पनि आइतबार दाहालले मंसिरमा महाधिवेशन गर्ने बारेमा आफ्नो समर्थन नरहेको जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच नै सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आइतबार बस्ने भनिएको बैठक अध्यक्षद्वयबीच सहमति नभएका कारण स्थगित भएको थियो । अर्को बैठक मंगलबार बोलाइएको छ । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार