श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दलहरूबीच विश्वासको वातावरण बनाउनुपर्छ : नेता सिटौला

१८ वर्ष पुगिसक्दा पनि शान्ति प्रक्रिया टुङ्गोमा नपुग्नु दुःखद् भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ मङ्सिर : दलहरूबीच गहिरिँदै गएको विश्वासको सङ्कटलाई चिर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज यहाँ आयोजना गरेको ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रियामा सहभागी नेतालगायतले विशेष गरी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच विश्वास कायम गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जरूरी रहेको बताउनुभएको हो ।

नेपाली कांग्रेसका नेता एवं तत्कालीन सरकारको वार्ता टोलीका संयोजक कृष्ण सिटौलाले १८ वर्ष पुगिसक्दा पनि शान्ति प्रक्रिया टुङ्गोमा नपुग्नु दुःखद् भएको बताउनुभयो । उहाँले पछिल्लो समय प्रमुख दलहरूबीच झनै विश्वासको सङ्कट गहिरिँदै गएकाले यसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अवरोध खडा गर्नेतर्फ सचेत गराउनुभयो ।

हरेक क्षेत्रका समस्या राजनीतिक सहमतिका आधारमै अघि बढाइएको दृष्टान्त प्रस्तुत गर्नुहुँदै उहाँले पछिल्लो समय शान्ति प्रक्रियामा काम अघि बढाउन पनि राजनीतिक सहमतिले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । नेता सिटौलाले भन्नुभयो, “तत्कालीन १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता सात दलमा सहभागी नेपाली कांग्रेस र (नेकपा) एमाले तथा तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) केन्द्रबीच अझै विश्वासको वातावरण हुन जरूरी छ ।”

कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि काम अघि बढाइएको र आउँदो चार वर्षमा त्यो पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको ‘स्प्रिरिट’ अनुसार मुख्य गरी पीडित पक्षसँग मेलमिलाप गर्ने कुरालाई नै प्राथमिकता दिइएको र गम्भीर प्रकृतिका घटनामा भने मिलमिलाप नहुने प्रष्ट पार्नुभयो ।

नेता ज्ञवालीले दोहोरो भिडन्तबाहेक बलपूर्वक हत्या, अपहरण, बेपत्ता तथा बलात्कारजस्ता घटनामा मिलाप नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यौन, बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुरामा उन्मुक्ति हुँदैन, यी चार विषयले अन्तर्राष्ट्रिय प्रतिबद्धता र कानुनसँग पनि सम्बन्ध राख्छन् ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पछिल्लो समय राजनीतिक नेतृत्वमा एकले अर्कालाई छक्याउने, झुक्याउने, छल गर्ने गतिविधि विकास भएको र यो प्रवृत्ति राजनीतिमा हानिकारक रहेको जिकिर गर्नुभयो । यस्ता गतिविधिले नागरिकमा वितृष्णा पैदा हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो । नेता शर्माले शान्ति प्रक्रियालाई छिटो निकास दिनुपर्नेमा जोड दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार