श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चीनसँगको बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौंः गगन थापा

विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ ।

महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रस्ट्याउनुभएको हो ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बिचमा व्यापक रूपमा असहमति छ, व्यापक रूपमा मतभिन्नता छ । साथीहरू हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौँ । हाम्रा आफ्ना सीमाहरू छन् । तर हामी यो पनि मान्दछौँ कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् । नेपाली काँग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अविभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरूका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो । त्यसमा हामीलाई कसैले भन्नु पनि परेन । हामीले यसलाई प्रमाणित गर्नु पनि पर्दैन । हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौँ । हामी यो पनि प्रस्ट छौ–कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन ।  हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकाङ्क्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौँ । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरूसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूला ठूला विकासका परियोजनाहरू छन् । त्यसमा साझेदारी गर्न चाहन्छौँ । हामी उनीहरूबाट अनुदानबाट हामी हाम्रा विकासका आकाङ्क्षाहरूलाई पूरा गर्न चाहन्छौँ । यी हाम्रा प्राथमिकताहरू छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौँ भन्ने कुराको बारेमा सोच्दछौँ । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौँ । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौँ । यो आगामी दिनमा हुँदै जाने छलफलहरू हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौँ ।’ 

महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार