श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह

आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेसको उम्मेदवारलाई भोट दिन अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जलेश्वर (महोत्तरी), ८ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँड्नुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेसको उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।
नेता शर्माले यो उपनिर्वाचनले आगामी निर्वाचनको आधार तयार गर्ने भएकाले पनि कांग्रेस विजयी हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले जनता केन्द्रित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार