काठमाण्डाैंः गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खट्टिएको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका-५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।
माइजोगमाईको सिरिसे र इलाम नगरापालिका-५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उहाँहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उहाँहरु आपतमा पर्नुभएको थियो ।
साँझमा बाढीमा फस्नुभएका उहाँहरुलाई राति सकुशल उद्धार गरिएको थियो । रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उहाँहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया