असार २२, २०८२ आइतबार July 6, 2025

ज्यान मार्ने उद्योग कसुरका फरार ४ जना पक्राउ

उपत्यकाका विभिन्न स्थानबाट समातिए फरार चारजना प्रतिवादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका–५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपालिका–४ घर भएका २५ वर्षीय उम्बे गुरूङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरूङ रहेका छन् ।

उनीहरुले गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरूषहरूलाई भदौ ३० गते राति ज्यान लिने मनसायले काठ र फलामको कुर्ची, हेल्मेट, रड, सिसाको बोत्तलसमेतले प्रहार गरी घाइते बनाएका थिए ।

सोही घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पश्चात् उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार