काठमाण्डाैंः नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १७ हजार ९ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ सय ९ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार ४ सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।
नेपालमा अहिले ५ हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार ७ सय ४ जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया