कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

उपप्रधानमन्त्री सिंहद्वारा स्याङ्जाको कालीगण्डकीमा महायज्ञको शुभारम्भ

शिक्षा क्षेत्रको विकासका लागि गरिने महायज्ञ प्रभावकारी रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ, मङ्सिर २२ गते। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकीमा सञ्चालित महायज्ञको शुभारम्भ गर्नुभएको छ।

कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको भौतिक संरचना सुधारका लागि गरिएको ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ उपप्रधानमन्त्री सिंहले शुभारम्भ गर्नु भएको हो।

सो अवसरमा सिंहले शिक्षा क्षेत्रको विकासका लागि गरिने महायज्ञ प्रभावकारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो,“शिक्षा क्षेत्रको विकासका लागि गरिने महायज्ञ सफल छन् यसले पनि उद्देश्य प्राप्त गर्नेछ।”

क्याम्पसको भौतिक सुधार गर्दै प्राविधिक शिक्षा पठनपाठन गराउने उद्देश्यले महायज्ञ सुरु गरिएको क्याम्पसका अध्यक्ष वेदनिधि भट्टराईले जानकारी दिनुभयो। महायज्ञ आगामी मङ्सिर २९ गतेसम्म सञ्चालन हुने क्याम्पसले जनाएको छ। महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुहुने मूल आयोजक समितिका अध्यक्ष भट्टराईले बताउनुभयो।

महायज्ञको उद्घाटनका अवसरमा समाजसेवी डोलराज शर्मा पंगेनी शैक्षिक सुधारका लागि भन्दै पाँच लाख रुपिँया प्रदान गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया