श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्वास्थ्य मन्त्री ढकालमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालमाथि छानबिन गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

इनफ इज इनफका अभियन्ताहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि छानबिनको माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

बुधबार दिउँसो आयोग कार्यालयमा पुगेका उनीहरुले आरडिटी पिसिआर किट खरिदप्रकरणमा अनियमितता भएको भन्दै तत्काल छानबिन शुरु गर्न उजुरी दिएका छन् । अख्तियार गरिएको उजुरिमा उनीहरुले सुचनाको हकको प्रयोग गरि (कोभिड-१९) व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म गरेको खर्चको विवरणको माग समेत गरेका छन् ।

ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुख महेन्द्र श्रेष्ठमाथि पनि छानबिन गर्न माग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया