श्रावण २६, २०८३ मंगलबार August 11, 2026

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाण्डौं र ललितपुरबाट पक्राउ परे १५ जुवाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंकाे टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरुङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रुपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया