असार २२, २०८२ आइतबार July 6, 2025

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

प्रहरीले उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्रेष्ठ रेहका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका-४ डि गाउँस्थित एकान्त ठाउँमा गत मंसिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका-९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्स एप मार्फत अमेरीकी डलर सटही दर रेट भन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार नेपाली रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया