श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लमजुङमा पहिरो आतंक : २१ घर बगाँउदा ८ जना घाईते, ८० घरका करिब ४ सय परिवारलाई अन्यत्र सारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ मा लगातार पहिरो जाँदा २१ घर बगाउनुको साथै ५९ घर उच्च जाखिममा परेका छन् । बुधबार दिउँसोदेखि परेको पानिले पहिरो जाँदा बुधबार दिउँसोसम्म १९ घर बगाएको छ । पहिरो निरन्तर जारी रहेकाले राति थप दुई घर बगाएको थियो ।

पहिरोले बिहीबार बिहानसम्म २१ घर पूर्णरुपमा बगाएको र अहिलेपनि पहिरो झरिरहेको स्थानीय कृष्ण थापाले जानकारी दिए । ८० घर परिवार रहेको सो गाउँमा अन्य ५९ घरपनि पहिरोका कारण उच्च जोखिममा रहेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतका अनुसार ८० घरका करिब ४ सय परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको र उनीहरुलाई गाँसवासको व्यवस्था मिलाइएको उनले बताए  ।

पहिरोले देवबहादुर गोतामे, सतिश गोतामे, रञ्जना गोतामे, काली अधिकारी, बुद्धिमाया अछामी, बाबुराम अछामी, सन्दीप अछामी, सन्तबहादुर अछामीको घर बगाएको छ ।

यस्तै उत्सव गोतामे, अनिता गोतामे, आइतबहादुर गोतामे, मानबहादुर अछामी, हिरा गोतामे, सुशीला गोतामे, दीपेन्द्र मजाकोटी, सुनिता मजाकोटी, राजेश मजाकोटी, फुलमाया मजाकोटी, अतिमान गोतामेको घर पहिरोले बगाएको छ ।

पहिरो झरेपछि भाग्ने क्रममा आठजना घाइते भएका छन् । घाइते हुनेमा सृजना गोतामे, सुजन अछामी, कविता बस्याल, देवबहादुर सार्की, जमुना अधिकारी, फुललमाया मजाकोटी, नन्दकुमारी अछामी र मिलन अछामी रहेका छन् ।

घाइतेहरुमध्ये दुईजनाको लमजुङ सामुदायिक अस्पताल बेसीसहर र अन्यको खुदी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार पनि सोही स्थानमा पहिरो गएको थियो । मंगलबारको पहिरोले पुरिएका घरमा सामान झिक्दै गर्दा बुधबार बिहान पुनः गएको पहिरोमा परि आठ जना घाइते भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार