श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राजधानीमै विप्लवको इञ्चार्ज र सेक्रेटरीमाथि कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विप्लव माओवादीको ललितपुर विशेष जिल्ला समितिले ललितपुर जिल्ला इञ्चार्ज विश्वास (आशिक) र सेक्रेटरी दिल (रामबहादुर) लाई कारबाही गरेको छ ।

केही नेताको चरित्रहत्या गरेको, कोठे रिपोर्टिङ्गको आधारमा माथिल्ला नेताको चाप्लुसी गरेको,पार्टी संगठन ध्वस्त पारेको र भद्दा जीवनशैली अपनाएको आरोपमा हिजो बसेको विशेष जिल्ला समितिको बिस्तारित बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई कारबाही गरेपछि विप्लबभित्रको विवाद थप जकडिएको छ ।

विशेषका अनुसार जिल्ला इञ्चार्ज र सेक्रेटरीले केही समयदेखि तानाशाह प्रवृत्ति देखाउँदै आफ्नो बिरुद्ध बोल्नेलाई कारबाहीको प्रक्रिया थालेपछि उल्टै उनीहरू कारबाहीको भागीदार बनेका हुन् । यसअघि जिल्ला समितिको ब्लक नं. १ र ४ का इञ्चार्जहरू क्रमशः जमिन र जीवनमाथि इञ्चार्ज र सेक्रेटरीको एक्लौटी निर्णयले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

ललितपुर विशेष जिल्ला समितिको हिजो बसेको बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पाँचवटा गम्भीर आरोप लगाएको छ । उनीहरूमाथि पार्टी केन्द्रको भावना र मर्म विपरित मनोमानी ढंगले पार्टी समिति सञ्चालन गरेको, आवश्यक छलफल र अनुसन्धान नगरी तानाशाही तवरले जिम्मेवार जिल्ला नेताहरूलाई कारबाहीको बहानामा चरित्र हत्या गरेको र संकलित आर्थिक सहयोग तथा चन्दाको आय व्यय विवरण जिल्ला समितिको बैठकमा पेश गर्न नसकेको आरोप छ ।

त्यसैगरी, काल्पनिक र उत्तेजनात्मक सूचनाहरू माथिल्लो कमिटीलाई दिएको, सर्वसाधारणलाई निगरानीको नाममा अनावश्यक रूपले धम्क्याउने र यातना दिने तथा जिल्ला समितिको बैठकमा एक्लौटी निर्णय गरी अनावश्यक विवाद सिर्जना गरेको आरोप पनि इञ्चार्ज विश्वास र सेक्रेटरी दिलमाथि लागेको छ । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार