श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको डा. महतको दाबी

पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरूले सडकमा जुलुस ढुंगामुढा केही नगरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारको नभई अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए।

उनले भने, ‘उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय हो। अदालतले नै थुनामा राखेर छानबिन गर्ने आदेश दिएको छ। जुन ठाउँको अदालतले आदेश दियो त्यहाँ त उम्याउँनै पर्छ। सरकारले चाहेर घुमाएको होइन। यसमा कुनै पूर्वाग्रह छैन।

माओवादीद्वन्द्वको क्रममा आफ्नो पार्टीको कयौँ मानिसको ज्यान जाँदा त अहिले कुनै पूर्वाग्रह नरहेको उदाहरण दिँदै रास्वपासँग पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताए। कानूनी शासनमा आरोप लागिसकेपछि त्यसको छिनोफानो अदालतले नै गर्ने सुनाए।

उनले पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरूले सडकमा जुलुस ढुंगामुढा केही नगरेको बताए। उनले अदालतमा गइसकेको विषयलाई ढुंगामुढा गरेर छोड भने रास्वपाको प्रवृत्ति गलत भएको बताए। उनले चितवनमा शान्ति सुरक्षालाई ख्याल गरेर रविलाई राति नै चितवनबाट पोखरा लगिएको भन्दै अरु कुनै नियत नभएको प्रष्ट्याए।

‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ’, प्रवक्ता महतले भने ।

पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । “विश्व बैंक, एसियन विकास बैंक (एडिबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ”, उनले भने, “विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार