भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

‘तीन वर्षमा परिचयपत्र वितरण गरिने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गर्नुभयो ।

प्रदेश नं १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताउनुुभयो ।परिचयपत्रका लागि १६ वर्ष उमेर पुुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुुसार दर्ता शुुरु गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिनुभयो ।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ । आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ ।

परिचयपत्र अहिलेसम्म दुई लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार
जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
२०८३ भाद्र १२, शुक्रबार
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १२, शुक्रबार
गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त
२०८३ भाद्र १२, शुक्रबार
राष्ट्रिय क्षमतामै विश्वास गरौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र १२, शुक्रबार