काठमाडौं । ईसेवा मनि ट्रान्सफरले बाजुराको त्रिवेणी नगरपालिका–९ मा अवस्थित पार्वती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ईसेवाले उक्त विद्यालयलाई पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरे ।
सीईओ कोइरालाले शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याइने प्रतिवद्धता व्यक्त गरे ।
वि.सं.२०३९ सालमा स्थापना भएको बाजुराको त्रिवेणी नगरपालिका–९ मा अवस्थित पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया