असार २४, २०८२ मंगलबार July 8, 2025

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित, परीक्षा नजिकिएका विद्यार्थीले फारम भर्न पाएनन्

कक्षा ९ को रजिस्ट्रेशन शुल्क नलिन अर्थ मन्त्रालयमा पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् ।

कक्षा ९ को रजिस्ट्रेशन फारम पुसको पहिलो साता भरिसक्नुपर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउने निर्णय भएको छैन । कक्षा ९ र ११ को रजिस्ट्रेशन शुल्क उठाउने कि नउठाउने भन्ने विवादले विद्यार्थीलाई परीक्षा फारम भर्न ढिलाइ भएको हो ।

‘शुल्क नलिनेगरी फाइल उठाएर मन्त्रालयका पठाएका छौँ । मंसिर मसान्तसम्म टुंगो लगाउने भनेको थियो तर निर्णय आएको छैन’ कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘क्यालेन्डर अनुसार रजिस्ट्रेशन भराउने समय यो हप्ता हो । लिने वा नलिने निर्णय होला ।’

पौडेल मन्त्रालयको निर्णय कुरिरहेको बताउँछन् । कक्षा ९ को रजिस्ट्रेशन शुल्क राजश्वमा जान्छ । त्यसैले निःशुल्क गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक परेकाले ढिलाइ भएको मन्त्रालयको भनाइ छ । शिक्षा मन्त्रालयले ९ को रजिस्ट्रेशन शुल्क नलिन अर्थ मन्त्रालयमा पत्र पनि पठाइसकेको छ ।

‘९ कक्षाको रजिस्ट्रेशन शुल्क राजश्वमा जाने रहेछ । यो विषयमा राजश्व लिन पाइँदैन भनेर शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको छ,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, ‘अर्थमन्त्रालयबाट सुनिश्चतता आएको छैन ।’

मन्त्री भट्टराईले सरकारले ९ कक्षाको राजश्व नलिने जिकिर गर्छिन् । कक्षा ९ मा ५ लाख बढी विद्यार्थीले रजिस्ट्रेशन फारम भर्छन् । ९ कक्षामा रजिस्ट्रेशनबाट वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको बताउँछन् परीक्षा नियन्त्रक पौडेल । ‘राजश्व छुट गर्न अर्थ मन्त्रालयले सहमति दिनुपर्छ,’ उनले भने ।

तर, मन्त्री भट्टराई ९ कक्षामा समस्या नरहेको बताउँछिन् । ‘मन्त्रालयले बजेट सुनिश्चत गर्ने भनेको छ । कक्षा ९ मा समस्या छैन । परीक्षा नियन्त्रण कार्यालयले अर्थ मन्त्रालयको सहमति कुरेको हो । काम अगाडि बढाउँदा फरक पर्दैन,’ मन्त्री भट्टराईले भनिन् ।

उता राष्ट्रिय परीक्षा बोर्डले ११ को रजिस्ट्रेशन फारम भरेर शुल्क उठाइसकेकाले यो वर्ष लागु गर्न कठिन हुने बताउँदै आएको छ । बोर्डले कात्तिकमै विद्यार्थीलाई फाराम भराएको थियो । राजिस्ट्रेशन शुल्क उठाइसकेकाले बोर्ड अलमलमा परेको हो ।

‘शुल्क लिने नलिने टुंगिएको छैन । शुल्क के गर्ने भनेर अड्किएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । शिक्षा मन्त्रालयले यो वर्ष उठाएको भए अर्को वर्ष भने नउठाउन अहिले नै निर्देशन दिएको छ । रजिस्ट्रेशन शुल्क मात्र होइन, ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम नभराउन पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

‘९ मा रजिस्ट्रेशन फारम भरेपछि ११ मा भर्नुपर्दैन । यो वर्ष फारम भरेर शुल्क उठाएको भए अर्को वर्षबाट नलिने निर्णय अहिले नै गर्न बोर्डलाई भनेको छ,’ मन्त्री भट्टराईले भनिन् ।

अहिले ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएको छ । कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भएकाले दुई पटक रजिस्ट्रेशन भर्नु नपर्ने तर्क शिक्षा मन्त्रीको हो । तर राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी भने ९ र ११ दुवैमा रजिस्ट्रेशन फारम भर्नुपर्ने पक्षमा छन् ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा यो विषयमा बोर्डले छिट्टै निर्णय गर्ने बताउँछन् । ‘कक्षा ११ को विषयमा बोर्डले निर्णय गर्छ,’ अध्यक्ष शर्माले भने । कक्षा ११ मा पनि रजिस्ट्रेशन फारम भर्ने विद्यार्थी ५ लाख हुन्छन् ।

२०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन अनुसार विद्यालय तहको शिक्षा निःशुल्क हुने भन्दै मन्त्री भट्टराई ऐन कार्यान्वयनको पक्षमा उभिएकी छिन् । तर मन्त्रालयकै एक अर्को निकायबीच फरक फरक मत आइरहेको छ । जसका कारण विद्यार्थीको फारम भर्ने समय भने घर्किन थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार