असार २४, २०८२ मंगलबार July 8, 2025

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ५ पुसः जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।

बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखि पढाइ मेला सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित रहेको छ ।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भन्नुभयो, “विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् । ” सहभागी विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

छनोट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ । स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार