काठमाण्डाैंः बीरगंजमा अहिले बिहान ५ बजेबाट महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यु लागु गरिएको छ ।
कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको आशंकामा स्थानीय प्रसासनले अहिले बिहान बाट कर्फ्यु लगाएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले विरगंज महानगरपालिकाको ३२ वटै वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा वीरगञ्जक्षेत्रका साथै छिपहरमाई गाउँपालिका वडा ३, बहुदरामाई नगरपालिका वडा न ५, पकाहा मैनपुर गाउँपालिकावडा न ३ का वासिन्दा रहेका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक वाहिर ननिस्कन पर्सा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच कोरोना विशेष अस्पताल बिरगंजमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया