भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि कुटपिट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सर्लाहीको हरिपूर्वा नगरपालिका-३ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।

हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उहाँका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन् ।

कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।

केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतो नजिककी आफ्नै नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटका केही युवाले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपिट भएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।

वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त
२०८३ भाद्र १२, शुक्रबार
राष्ट्रिय क्षमतामै विश्वास गरौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र १२, शुक्रबार
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार