जेठ ५, २०८१ शनिबार May 18, 2024

नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङ्दी गाउँ कमिटीले पहिरो पीडितहरुको घर निर्माण गर्ने भएको छ ।

गाउँ कमिटीले श्रम शिविर सञ्चालन गरेर मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका पहिरो पीडितहरुको घरटहरा निर्माण गर्ने निर्णय गरेको हो । गाउँ कमिटीका अध्यक्ष धनसिंह तामाङले भने, ‘पहिरो पीडितहरुको घर निर्माणको लागि जस्तापाता, बाँस, काठपात प्रयोग गरी घर निर्माण गर्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई तीन दिनसम्म श्रम शिविरमा खटाइने निर्णय गरेका छौँ ।’

पहिरो पीडितहरुको घर निर्माण गर्न उनीहरुको सहयोगका लागि प्रत्येक वडा कमिटी, शिक्षक सङ्घठन, निजामती कर्मचारी सङ्गठनलाई आर्थिक सहयोग सङ्कलनको जिम्मा दिएको छ । गाउँपालिकाको वडा १ लाई रु २५ हजार, वडा २ लाई रु ५० हजार, वडा ३ लाई रु ७५ हजार, वडा ४ लाई रु २५ हजार, वडा ५ लाई रु २५ हजार, वडा ६ लाई रु २५ हजार, वडा ७ लाई रु ५० हजार, वडा ८ लाई रु ७५ हजार र वडा ९ कमिटीलाई रु ७५ हजारका दरले सहयोग सङ्कलन गर्न गाउँ कमिटीले जिम्मेवारी तोकेको पार्टीको गाउँ कमिटीका अध्यक्ष तामाङको भनाइ छ ।

उनका अनुसार शिक्षक सङ्गठनसँग रु एक लाख तथा निजामती कर्मचारी सङ्गठनसँग रु २५ हजार सहयोगको अपेक्षा गरेका छौँ । नेकपा गाउँ कमिटीले विपद् व्यवस्थापन समिति गठन गरी राहत वितरण तथा स्थानान्तरणको कार्य प्रभावकारी बनाउनुपर्ने भन्दै गाउँपालिकालाई अनुरोध गरेको छ ।

पहिरो पीडितका लागि स्थायी बसोबासका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । गत बुधबार र बिहीबार अर्थात ७ र ८ गते गरी आएको कपासेखोला पहिराले यस पल्लोटारी गाउँका २१ घर पुरिएको थियो भने आठ घर आधा भत्केको छ । अन्य ५३ वटा घरहरुसमेत उच्च जोखिममा रहेका छन् । पहिराबाट गाउँ नै विस्थापित भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल
२०८१ जेठ ५, शनिबार
कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
२०८१ जेठ ५, शनिबार
प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल : संसदीय छानबिन समिति बनाउन सकारात्मक
२०८१ जेठ ५, शनिबार
शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
२०८१ जेठ ५, शनिबार
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
२०८१ जेठ ५, शनिबार
आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
२०८१ जेठ ५, शनिबार
‘समिति’ अल्झनमा संसद्
२०८१ जेठ ५, शनिबार