जेठ ५, २०८१ शनिबार May 18, 2024

काँग्रेसका पूर्वमन्त्रीद्वय जोशी, ओझा तथा डडेलधुरा सचिव राम बहादुर विष्ट पार्टीबाट निष्कासित (पूर्णविवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्रीद्वय गोविन्दराज जोशी र पुष्कर नाथ ओझालाई ५/५ वर्ष र राम बहादुर विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो/भिडियो पार्टी विधानविपरीत रहेको तथा अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको संयोजक भिष्मराज आङदेम्वे सहितको ५ जना सदस्यद्धारा हस्ताक्षरित शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गत प्रतिनिधि सभाको निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेल विरुद्ध वागी उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो । त्यस्तै ओझाले काँग्रेस सभापति शेरबहादुर देउवा पत्‍नी आरजु देउवालाई चुनाव हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

ओझालाई कारबाही गर्न सभापति शेर बहादुर देउवा र जोशीलाई कारबाही गर्न बरिष्ट नेता रामचन्द्र पौडेल लागेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया