असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिवि शिक्षाशास्त्र सङ्कायतर्फ अधिस्नातक तह पिजिडी एजुकेशनमा भर्नाका लागि आवेदन माग

जुनसुकै विषय लिई स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ११ पुस । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, डीनको कार्यालयले अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शिक्षाशास्त्र सङ्कायमा १ वर्षे बी. एड. कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रमा भर्नाका लागि आवेदन माग गरेको हो ।

जुनसुकै विषय लिई स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्ने छन् । साथै शैक्षिक सत्र २०८१/०८२ का लागि प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनका लागि माघ २० गतेसम्म आवेदन फाराम बुझाउनु पर्ने छ ।

आवेदन फाराम विद्यार्थीहरूले भर्ना हुन चाहेको क्याम्पस/कलेजमा सम्पर्क गरी अनलाइन मार्फत बुझाउनुपर्नेछ । प्रवेश परीक्षा माघ २५ गते शुक्रबार दिनको ११ः०० -१३ः०० बजेसम्म हुने, नतिजा प्रकाशन माघ २९ गते गरिने, विद्यार्थी भर्ना माघ ३० गतेदेखि फागुन ९ गतेसम्म हुने र कक्षा सञ्चालन फागुन १० गतेदेखि हुने विश्वविद्यालयको तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार