भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ।

सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन।  हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए।

‘ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन,’ उनले भने, ‘सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ।’ सरकारले गत बुधबार लकडाउनको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ देखि मात्र खोल्ने निर्णय गरेको छ।

सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो। व्यवस्थापन सिवाकोटीले भने, ‘सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ।’ सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन्। ‘सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन।’

सन्दीपको टोबागो यात्राबारे शनिबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय लगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले बताए। सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उनको बुझाइ छ।  एक साताभित्र टोबागो पुग्न नसके सन्दीपले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ। ‘उता पुगिसकेपछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ,’ सिवाकोटीले भने, ‘हामीसित समय निकै कम छ, सरकारले आजभोलिमै पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहन्छ।’

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रुपैयाँ)मा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्नेछ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सिपिएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। उनले उक्त प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै, दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए। यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ। यस पटकको सिपिएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार