असार २४, २०८२ मंगलबार July 8, 2025

पढ्नलाई उमेरले छेकेन ४४ वर्षीय परियारलाई

कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाड्नुभएका बूढाले सोही विद्यालयमा पुनः भर्ना भई एसइइ उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), १३ पुसः पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गर्नुभएको छ तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले ।

विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्नुभएका बुढाले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना हुनुभएको छ । गत साउनमा कक्षा १२ मा २.९ जिपिए प्राप्त गरी उत्तीर्ण हुनुभएका बुढा मङ्सिर महिनामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना हुनुभएको छ ।

शिक्षा सङ्कायतर्फ अध्ययनरत उहाँले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ ।”

पढाइलाई उच्च प्राथमिकता दिँदै बुढा दुई वर्ष अगाडि दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनुभएको थियो । व्यास–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाड्नुभएका बूढाले सोही विद्यालयमा पुनः भर्ना भई एसइइ उत्तीर्ण गर्नुभएको थियो ।

परियारका छोराछोरी बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा शिवशङ्कर बूढा परियार हाल कक्षा ८ मा अध्ययनरत छन् । छोरी पूर्णिमा परियार कक्षा ६ अध्ययनरत छन् ।

छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लागेको सम्झिदै उहाँले भन्नुभयो, “त्यतिबेला हामी सबै एउटै विद्यालयमा पढ्थ्यौ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्थ्यो ।”

कराँते सङ्घ गोजो इकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तरवार्ता दिन जानुभएको थियो । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनेपनि उहाँ छनोट हुनसक्नुभएको थिएन । त्यही बेला उहाँलाई एसएलसी उत्तीर्ण नगरेकामा हिनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।

केशवटार माविका तत्कालिन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियारले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते सङ्घ गोजो इकाईको प्रमुख प्रशिक्षक रहनुभएका परियारले पिएचडी गर्ने लक्ष्य रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार