असार २४, २०८२ मंगलबार July 8, 2025

शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन् : शिक्षामन्त्री

विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गरेका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरूलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरू विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताए ।

उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताए । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतीहरू रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताए । उनले उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताए ।

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतीहरू समयमै सुधार गर्नुपर्ने बताए । चुनौतीका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाइलाई जीवित राख् नसक्ने बताए । शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार