जेठ ६, २०८१ आइतबार May 19, 2024

बागलुङमा सुख्खा पहिरोले स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिंदा २ जना वेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः बागलुङमा सुक्खा पहिरोमा परी स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिंदा २ जना वेपत्ता भएका छन् ।

बागलुङ नगरपालिका वडा नं. १ निरहे स्थित रामरेखा सामुदायीक वन क्षेत्रमा गएराती सुक्खा पहिरो जाँदा सडक ग्रभेल गर्ने रोडा निकाल्दै गरेका ट्याक्टर र ट्रिपर पुरिएको हो ।

स्काभेटर चालक पहिरो खसेपछी भाग्ने क्रममा घाईते अवस्थामा फेला परेको र अन्य दुई जना सम्पर्क विहिन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो ।

पहिरोमा हराईरहेकाहरुको बिहानदेखि खोजी भैरहेको छ । तर सुक्खा पहिरो  खस्ने क्रम नरोकि‌दा खोजी कार्यमा समस्या भएको छ ।

पोखरा बागलुङ राजमार्ग अन्र्तगत बागलुङ नगरपालिका १ वाङगेचौरमा सडक स्तरवृद्धिको लागी ग्रवेल गर्ने सामाग्रि निकाल्दा रामरेखा सामुदायिक वन  क्षेत्रमा रातको समयमा पहिरो गएको हो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया