असार २४, २०८२ मंगलबार July 8, 2025

दुर्गममा शिक्षाको पहुँच बढाउन आवश्यकः उपराष्ट्रपति यादव

दुर्गममा शैक्षिक सङ्घसंस्था नहुँदा ग्रामीण क्षेत्र शिक्षाबाट पछि पर्ने गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर (गाईघाट), १५ पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले दुर्गममा शिक्षाको पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुर स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै आज उपराष्ट्रपति यादवले भन्नुभयो, “मुलुकका धेरै दुर्गम गाउँहरुमा अहिले पनि जनताहरु शिक्षाको पहुँचभन्दा टाढा छन्, यसका लागि शिक्षामा पहुँच पु-याउन सबैले हातेमालो गर्नुपर्छ ।”

सरस्वती माविले स्वर्ण महोत्सव मनाउन सफल भएकामा विद्यालय परिवार र स्थानीयलाई उहाँले धन्यवादसमेत दिनुभयो । सहर बजारमा मात्र शिक्षालय, विश्वविद्यालय कलेज सञ्चालन हुने र दुर्गममा शैक्षिक सङ्घसंस्था नहुँदा ग्रामीण क्षेत्र शिक्षाबाट पछि पर्ने गरेको उपराष्ट्र यादवको धारणा थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्कासहित चौदण्डीगढी नगरपालिकाका मेयर कालु लामा र पूर्वमेयर खगेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार