श्रावण १, २०८२ बिहिबार July 17, 2025

कानुन सबैलाई बराबर हुनुपर्छ : महामन्त्री थापा

गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १६ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जो संलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताउनुभएको छ ।

कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै उहाँले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताउनुभयो । उहाँले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार