असार २२, २०८२ आइतबार July 6, 2025

‘काठमाडौँमा बसेर भारतले यो ड्याम बनाइदियो त्यो ड्याम बनाइदियो भन्ने, आफु काम गर्नुछैन’- लालबाबु राउत, प्रदेश नं. २ मुख्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रदेश नम्बर २ मा कोरोना समुदायमा फैलियो अरे । के यो सही हो ? लापरबाही कसले गर्यो ?

यसका २/३ ओटा प्रमुख कारणहरू छन् । समुदायमा हेर्ने हो भने पछिल्लो चरणमा समुदायगत रूपमा अब यस्तै हो भन्ने हिसाबले लापरबाही भएको देखिन्छ ।

संघीय सरकारले पनि सहयोग गर्यो होला, इक्वीपमेन्टहरू पनि दियो होला ? यत्ति हुँदाहुँदैपनि किन लापरवाही भयो त ?

अहिलेको आवश्यकत्तानुसार जति सामग्री छ, त्यो कमी नै देखिन्छ । बीचमा कहीँ न कहीँ को-अर्डिनेशन, को-अपरेशन हुनुपथ्र्यो, त्यो कतै कमी त रहेको छ । आफुले सकेको एकदमै गम्भीरताका साथ जिम्मेवारी बहन गर्ने काम भएको छ । अहिले जुन अवस्था देखिरहेको छ, प्रदेश सरकारको, अहिलेको कोरोनाको जोखिममा पनि यहाँको चिकित्सक, प्रशासनले खेलेको भूमिका नै सराहनीय छ । त्यसैले त्यसलाई नियन्त्रण गर्न सकेका थियौँ । तथापि हामीले अहिलेपनि नियन्त्रणमा राख्न सकेका छौँ ।

धेरै समस्या छ, प्रदेश नम्बर २ का जनताले मलाई भन्छन् । डुबानको समस्या छ, पछिल्लो समयमा । फेरि पनि अर्को महामारी आइरहेको छ । तपाईहरु के गरेर बस्नुभएको छ ? तयारी के छ भन्नुहोस त ?

महामारी, डुबान भनेको प्रदेश सरकारले ल्याएको कुरा त होइन । डुबान जुन घटना छ, चुरेको अनियन्त्रित दोहन हुँदै आएको छ, तटबन्धको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने हो । लालबकैया, बागमती, रातु, कमला यो विभन्न किसिमका प्रमुख नदीहरूमा तटबन्ध बनाएर जानुपर्ने हो, त्यसको लागि मलाई लाग्दैन कुनै गुरुयोजना छ । बाढी आउँछ, अलिअलि टालटुल गरिदिने जुन पहिलेदेखिको शैली छ, वास्तवमा यो नै दोष छ ।

भारतले गर्दाखेरि प्रदेश नम्बर २ मा बढी डुबान हुन्छ भनेर गृहमन्त्री रामबहादुर थापा (बादल) ले भन्नुभएको छ नि ? यो सही हो ?

रातु नदीको तटबन्ध कसले लगाइदियो ? अरूले लगाइदिने कि आफुले लगाउने ? दिएको पैसा त यहाँ खर्च हुँदैन । बागमती नदीमा भारत र मित्रराष्ट्रले दिएको पैसा पनि उनीहरू खर्च गर्दैनन् । अस्ति म वीरगञ्ज जाँदा त्यो तटबन्ध कसले लगाइदियो ? हामी आफ्नो काम आफै गरौँ न । बागमतीको तटबन्ध कसले बनाइदियो ? मन्त्रीहरूको टिम बनाएर हामी के गर्न सक्छौँ त्यहाँ गएर पैसा विनियोजन गरेर गईराखेका छौँ । हामी हाम्रोतर्फबाट गरिरहेका छौँ । हाम्रो स्रोत र साधनले पुग्छ ? खाली हाम्रो कटौती गर्ने ? हामीलाई थोरै पैसा दिने र धेरै पैसा उहाँहरू सिंहदरबारभित्र राख्ने अनि औला ठड्याइदिने ? भारत, भारत, भारत । यस्तो कही हुन्छ ? आफ्नो जिम्मेवारी बहन नगर्ने ? यो के हो भने दोषबाट पन्छिने बाटो हो ।

नदी बढिसकेपछि त भारतले ढोका खोलिदिनु पर्दैन ?

म त भन्छु हामी हाम्रो तटबन्ध निर्माण गरौँ न । जुन किसिमका डुबान, कटान भएका छन्, हामी गुरुयोजना बनाएर जाऔँ न । पोहोर साल हामी प्रधानमन्त्री, सिंचाइमन्त्रीसँग गएर प्रदेश सरकारको सर्वदलीय टोली नै गएर भेट्यौँ । उनीहरूले माखो पनि मार्न सकेका छैनन् । खाली भाषण मात्र दिन्छन्, काठमााडौँमा बसेर अनि भारतले यो ड्याम बनाइदियो त्यो ड्याम बनाइदियो, आफु काम गर्नुछैन ।

भारतले ड्याम बनाइदियो, त्यसकारणले डुबान भयो, प्रदेश नम्बर २ मा ? त्यस्तै अवस्था छ कोशीको ?

तपार्इँ गएर रौतहटका जनतालाई सोध्नुस् । ठुला नदीहरू रातु, कमला, बागमती संघीय सरकारले आफ्नै जिम्मामा राखेको छ । शक्ति जति जम्मै संघीय सरकारभित्र छ । हाम्रो सीमित स्रोत÷साधनले भ्याउँछ र ? एउटा कुनामा हामी आएको बेलामा टालटुलबाहेक के गर्न सक्छौँ र ? त्यसको मास्टरप्लान बनाउनुपर्छ । संघीय सरकारको कन्ट्रिव्युशन के हुनसक्छ ? विदेशी अनुदान त्यही राख्ने, विदेशबाट आएको पैसा त्यही राख्ने अनि फलाक्ने भारतले गेट बनाइदियो, गफ दिने ।

प्रदेश सरकारको अधिकार होइन त्यो कुरा, दायित्व, जिम्मेवारी होइन ? तपाईले गर्नुपर्दैन ?

हामी मन्त्रीजीहरूको टिम बनाएर टोली खटाएर हामीसँग भएको रकमबाट हामीले राहत पुर्याइरहेकै छौँ त । स्थायी रूपले समस्या समाधान गर्नुछ भने मास्टरप्लान नबनाईकन हुन्छ र ? हामी बालुवा, गिट्टीको नियन्त्रण गरौँ न । यहाँ बालुवा, गिट्टी भनेको तस्करी गर्ने ठाउँ बनाइदिएको छ । यो धन्दाले चुरे बच्छ र ?

बालुवा र गिट्टीको व्यापार हुन्छ, तस्कर हुन्छ त्यहाँ ?

पुलिस प्रशासन हामीसँग नभएर खासमा हामीले चाहेकोजस्तो प्रगति गर्न सकेका छैनौँ । यो समस्या हो । विचौलियाहरू छन् । बालुवा र गिट्टीको बिक्रीमा कमिशन खानेहरू छन् नि त त्यहाँ त धेरै ? पैसा कमाउनेहरू छन् नि ? चुरे बचाउ अभियान

कहाँ पुग्यो ? चुरेमा समस्या छ । जनता रोइरहेका छन् । के भन्नुहुन्छ ?

यो मुलुककै जनता रोइरहेका छन् । जनताले आशा गरेर बनाएको बहुमतको सरकारको जुन किसिमको गतिविधि छ, जनताको त्यसमा असन्तुष्टि छ । हामीसँग भएको स्रोत/साधनले जे गर्न सकेका छौँ, जनताको चाहनानुसार, हामी अगाडि बढिरहेका छौँ । जनताका घर–घरमा गएर मैले राहतका स्रोत-साधनहरू पुर्याएका छौँ । अहिले पनि जहाँ हामी खटेका छौँ, त्यहाँ हामीले पुर्याएका छौँ ।

बालुवा, गिट्टीको तस्कर गर्नेहरूलाई तपाईले पनि संरक्षण गर्नुभएको छ नि त ?

पुलिस प्रशासन अहिलेपनि त हुकुमी शासन काठमाडौँबाट छोडिएका छन् ।

रोनाको संक्रमणको संख्या प्रदेश नम्बर २ मा बढ्न थाल्यो । त्यसलाई रोकथाम गर्नका लागि तपाईलाई चाहिने कुरा के-के हो त ?

अहिलेको हाम्रो च्यालेन्जको विषय भनेको समुदायस्तरमा कोरोना देखिन थालेको छ । यसबाट बच्नका लागि आइसोलेशन, सोसियल डिस्ट्यान्सका कुराहरू छन् । जुन किसिमको बोर्डरमा लापरबाहीहरू देखियो, त्यहाँ अलिकति सशक्त बनाएर जानुपर्ने हो । अहिले पारीबाट आउनेहरू बोर्डरबाट क्रस गर्छन्, बोर्डरमा क्रसको जिम्मा लिनेहरू, त्यहाँ त यस्तो आरोप लगाइयो कि त्यहाँको बल त मानव तस्करी हो रे । मलाई आएर जानकारी दिए । भारतबाट आउने लेबरहरू क्रस गराउने र पर व्यक्ति ३००० देखि ५००० लिने भनेर मकहाँ रिपोर्ट नै आयो । अब यस्ता÷यस्ता काम गर्छ भने सुरक्षा निकायले त्यसलाई कारबाही गर्ने कि नगर्ने ? रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार