श्रावण १, २०८२ बिहिबार July 17, 2025

तरुण दलको पूर्वनिर्धारित भेला स्थगित

तयारी नपुगेको भन्दै भेला एक्कासि रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं  । नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन् । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।

यसअघि तरुण दलले पुस २२–२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त भेला काठमाडौँमा गर्ने तय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया