श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भोलिदेखि ५ दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञानको ठहरः सचेत रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सबैलाई  सचेत रहन आग्रह गरेको छ ।

विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने उल्लेख गरिएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेको उल्लेख गरिएको सो बुलेटिनमा प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

१३ देखि १५ साउनसम्म गण्डकी, कर्णाली, सुदूर पश्चिम प्रदेशहरु र प्रदेश ५ का मध्य पहाडी भु भाग भई बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको सवभागले जनाएको छ ।

यस्तो छ जल तथा मौसम विज्ञान विभागले जारी गरेको सुचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार